गुफामा थुनिएका नौ बालकको सकुशल उद्धार

थाइल्याण्ड, २६ असार । थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये थप केही बालकलाई सोमबार बाहिर निकालिएको छ । 
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार विहानबाट सुरु भएको थियो । 
स्थानीय समय अनुसार सोमबार बेलुका पाँच बजे उनीहरूलाई गुफाबाट बाहिर निकालिएको थियो । झण्डै छ घण्टा लामो प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 
बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टर मार्फत् सिधै चियाङ रायमा रहेको अस्पताल लगिएको छ । 
घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी शुरु भए पनि नवौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो । 
फसेका १३ जनामध्ये अरु चारजनालाई पहिलो चरणमा आइतबार सकुशल उद्धार गरी बाहिर निकालिएको थियो । उद्धारको कार्य अति कठिन भएकाले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो । 
सोमबार पनि उद्धार कार्य स्थानीय समयअनुसार बिहान १० बजे शुरु भएकोमा बेलुका मात्रै उनीहरुलाई बाहिर निकालिएको थियो । 
उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको छ । 
उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । 
गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चारजनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले बाँकीलाई मंगलबारसम्ममा बाहिर निकालिसकिने जानकारी दिएका छन् । एजेन्सीको सहयोगमा ।

 जन्ती बस दुर्घटना हुँदा १७ को मृत्यु

  इस्लामाबाद, ३२ असार ।  पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।  एक ट्रकले

 गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका   छन् ।  स्वास्थ्य

 पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

इस्लामावाद, ३० असार  । पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ

के खान्थे पाँच हजार वर्षअघि हिममानव ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले