प्रधानमन्त्रीका अभिव्यक्ति खेदजनक-  विवेकशील साझा

काठमाडौं,२५ असार । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र हठ खेदजनक रहेको भन्दै विरोध जनाएको छ। समाजवादी भनिएको सरकारको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षाबारेको दृष्टिकोण र नीति पूर्णरुपमा गलत दिशातर्फ उन्मुख हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै विवेकशील साझाले असहमति प्रकट गरेको छ।

  सोमबार जारी प्रेस विज्ञप्तिमा  उदारीकरणका नाममा नियमनविनै स्वास्थ्य शिक्षा जस्ता क्षेत्रलाई निजीकरण गर्दा व्यापारिकरण र माफियाकरणको डरलाग्दो रुप निम्तिरहेको उल्लेख छ । चिकित्सा शिक्षा नीति र कानुनलाई सही बाटोमा ल्याउन सरकारद्वारा गठित केदारभक्त माथेमाको प्रतिवेदन र डा. गोविन्द केसीको अभियान सहि रहेको विज्ञप्तिमा उल्लेख छ । साथै पार्टीले माथेमा प्रतिवेदनको भावना प्रतिविम्बित हुने गरी तुरुन्तै नयाँ कानुनको मस्यौदा गर्न माग समेत गरेको छ।

सीमित राजनीतिक र व्यापारिक स्वार्थ पूर्ती हुने गरी कुनै नीति नबनोस भन्नेमा पार्टीले सरकारलाई खबरदारी गराउँदै डा. केसीका माग र उनको अनशनप्रति सकरात्मक बन्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।


 

 ओली र प्रचण्डले सोझै अध्यक्षको उम्मेदवार बन्न नपाउने

काठमाडौँ, १ साउन  । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा

 सरकारको नियतमाथि कांग्रेस सशंकित

काठमाडौँ, ३२ असार  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्

 ‘ओली सरकारको आयु माघसम्म’ 

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनरलेखन सभाको माग गरेका छन् ।    आईतबार आयोजना गरेको पत्रकार

 राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत 

  काठमाडौँ, ३० असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका