पशुपतिमा मारिएका बालबच्चाको भोटो हेर्ने कसले ?

काठमाडौं, २५ असार । जावलाखेलमा देखाइने भोटो त सबैले हेर्छन् तर पशुपति भुवनेश्वरीमा देखाइने यस्तै महत्वको भोटो हेरिदिने कसले ?

शूलजात्राका क्रममा भुवनेश्वरीमा यस्तै महत्वको पाँचवटा भोटो प्रदर्शन गरेर वर्षदिनका लागि थन्क्याइएको छ ।  भोटो देखाउने अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार यस्तो भोटो सातवटा थियो तर दुईवटा कामै नलाग्ने भइसकेको छ । ‘अब पाँचवटा भोटो बाँकी छन् । असार कृष्ण अष्टमीका दिन यो भोटो भुवनेश्वरी र सिफलचौरमा देखाउने गरिन्छ,’ उनले भने। 

नागार्जुनका राक्षसले पशुपतिका बालबच्चा मार्न थालेपछि तिम्रा बच्चा पनि यसरी नै मारिदिन्छौँ भनेर बालबच्चालाइ त्रिशूलमा उनेर जात्रामा सहभागी गराउने विशेषता यो जात्रामा छ । राक्षसले मारेका बालबच्चाको त्यतिबेलाको यो भोटो यसै तिथिमा देखाउने गरिएको हो । 

डङ्गोलका अनुसार जात्रा सकिएपछि यो भोटोलाई भुवनेश्वरी पीठमा पुजारी रवि कर्माचार्यको जिम्मामा थन्क्याइएको छ । भोटोको गलामा आकर्षक धातुको बुट्टा छ । सातवटा भोटोमध्ये बाँकी रहेको पाँच भोटो भने दुरुस्त छ । जात्रा गरी भोटो पनि देखाइन्छ तर जात्रामा रौनक घट्दै गइरहेको छ । 

जात्रामा पशुपति क्षेत्रकै महर्जनका बालबच्चा सहभागी गराउनुपर्नेमा अभिभावकले बच्चा दिन नमानेपछि पाटनको लेलेबाट दुई बालक जात्रामा सहभागी गराइयो ।  गोरखापत्रमा प्रकाशित समाचारका अनुसार, जात्रामा दुई बालिका र तीन बालक सहभागी हुन्छन् । प्रदेश ३ का सभासद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य अमूर्त कला अन्तर्गत यो जात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको बताउँछन्।


 

 धामीले दिएको सल्लाहले रोकिएन सम्बन्ध बिच्छेद  

सल्यान, २९ असार । पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् ।  जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा

अविरल वर्षातले भक्तपुर र थिमि डुबानमा

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।  हनुमन्ते खोलामा आएको बाढीका

 टिपर दुर्घटनामा ज्यानगुमाएका आमाबाबुको किरिया गर्दै १२ वर्षीय बालक 

पोखरा, २६ असार । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”  मुस्ताङको लो घेकर

 १ सय घण्टा बोलेर विश्व कीर्तिमान राख्ने तयारी

काठमाडौं । कीर्तिमानी वक्ता अनन्तराम केसी सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन् । केसीको विश्व कीर्तिमानको