१ सय घण्टा बोलेर विश्व कीर्तिमान राख्ने तयारी

काठमाडौं । कीर्तिमानी वक्ता अनन्तराम केसी सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन् । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुने बताईएको छ ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि उनको प्रयाश परिणाम विहिन हुनपुगेको थियो । यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको उनको भनाई छ ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् । मनोशक्तिको खोजीमा देशका सबै जिल्लाको पैदल यात्रा गरेका केसीको अभियानलाई सफल बनाउन जोरपाटीमा वृहत छलफल गरी विभिन्न समितिहरु गठन गरिएको छ । सामाजिक अभियन्ता कुमार राज सुवेदीको संयोजकत्वमा मूल समिति र अन्य एक दर्जन बढी उपसमितिहरु गठन गरिएको छ ।

कार्यक्रममा संयोजक सुवेदीले विश्व रेकर्डको तयारी र यसले नेपालको चिनारीका लागि पार्ने प्रभावका बारेमा जानकारी दिए । केसीले विगतको प्राविधिक त्रुटीलाई सच्याएर यसपटक विश्व कीर्तिमान राख्ने दृढता व्यक्त गरेका छन् । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताए । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न विधाहरु समेत छनोट गरिसकेको बताए।

नुवाकोट चिसापानीका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारतका अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड रहेको छ ।
 

 धामीले दिएको सल्लाहले रोकिएन सम्बन्ध बिच्छेद  

सल्यान, २९ असार । पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् ।  जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा

अविरल वर्षातले भक्तपुर र थिमि डुबानमा

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।  हनुमन्ते खोलामा आएको बाढीका

 टिपर दुर्घटनामा ज्यानगुमाएका आमाबाबुको किरिया गर्दै १२ वर्षीय बालक 

पोखरा, २६ असार । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”  मुस्ताङको लो घेकर

  पशुपतिमा मारिएका बालबच्चाको भोटो हेर्ने कसले ?

काठमाडौं, २५ असार । जावलाखेलमा देखाइने भोटो त सबैले हेर्छन् तर पशुपति भुवनेश्वरीमा देखाइने यस्तै महत्वको भोटो हेरिदिने कसले ? शूलजात्राका क्रममा