प्रहरीभित्र बढ्यो राजीनामा लहर

काठमाडौ, असार २४ । हातमा राजीनामा बोकेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका एक प्रहरी हवल्दार भन्दै थिए, ‘प्रहरीको ‘जागिर’ अब पुग्यो ।’ नेपाल प्रहरीमा करिब १९ वर्ष बिताएका ती हवल्दारले ‘पेन्सनर’ सेवा पूरा गरेकाले राजीनामा दिएको बताएका हुन् ।  त्यस्तै राजीनामा गर्ने तयारीमा रहेका एक अर्का प्रहरी जवानले पनि प्रहरीमा अवसरभन्दा दुख–कष्ट बढी भएकाले राजीनामा दिने निर्णयमा पुगेको बताए । तलव–भत्ता सुविधा बढ्दैन, ती जवानले दुखेसो पोख्दै भने,‘प्रहरीमा अवसर भन्दा दुःख बढी छ, पीडा सहेर कति जागिर खानु ।’ 

रानीपोखरीःिथत महानगरीय प्रहरी कार्यालय र टेकुस्थित महानगरीय प्रहरी परिसरमा भेटिएका यी दुई प्रहरी कर्मचारीको जस्तै दुःख– पीडा सहन नसकेर जागिर छोड्नेहरूको लर्को नै लागेको छ । राज्यका प्रमुख तीन सुरक्षा सङ्गठनमध्ये जागिर छोड्नेको सङ्ख्या प्रहरीमा अधिक छ ।

सशस्त्र प्रहरी र सेनामा पनि राजीनामा दिएर जागिर छोड्ने तल्लो तहका कर्मचारीको सङ्ख्या विगतका तुलनामा आर्थिक वर्ष २०७४/२०७५ मा बढेको पाइएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै सेवा–सुविधा र वृत्ति विकासप्रति असन्तुष्टि जनाउँदै राजीनामा गर्नेको सङ्ख्या बढेको हो । 
सुरक्षा सङ्गठनमा कार्यरत तल्लो तहका कर्मचारीहरुको तलब स्केल मासिक करिब १७ /१८ हजारसम्म हुन्छ । रासन वापत न्यूनतम दैनिक एकसयदेखि दुर्गममा पाँचसयसम्म भत्ता आउँछ । यो तलवले परिवार पाल्न त परै जाओस् छाक टार्न नै समःया परेको गुनासो उनीहरूको छ ।  पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द बढ्दो महँगी र न्यून तलव सुविधाका कारण सबैभन्दा बढी प्रहरी कर्मचारीहरू मर्कामा परेको बताउँछन्। प्रहरी कर्मचारीले निजामती सेवाको पियनले पाउने जति तलव सुविधा समेत नपाउने गरेका जानकारी दिए। 

प्रहरी प्रधान कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा मात्र करिब एक हजार चार सय प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । तीमध्ये ९८७ हवल्दार, १७५ सिपाही र १६३ जना प्रहरी सहायक निरीक्षक ( असई) छन् । 

आर्थिक वर्ष २०७१/२०७२ एकहजार ५६५ जनाले राजीनामा दिएका थिए । सो आर्थिक वर्षपछि यो आर्थिक वर्ष २०७४/२०७५ मा बढेको देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ सालमा एक हजार एक सय जनाले राजीनामा दिएका थिए । तीमध्ये ५४५ हवल्दार, २४३ असई र १९२ प्रहरी जवान छन् । 
करिब ७३ हजार जनशक्ति रहेको प्रहरी सङ्गठनमा तल्लो तहका कर्मचारीहरुको सङ्ख्या करिब ६० हजारको हाराहारीमा रहेको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा स्वास्थ्य बीमाको विषयलाई लिएर सामाजिक सञ्जालमा आएको हल्लाका कारण राजीनामा दिनेको सङ्ख्या अलि बढेको बताउँछन्। 

‘यस विषयमा प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी प्रहरी कर्मचारीहरुको कुनै पनि सेवासुविधा कटौती नगरिएको स्पष्ट पारिसकेको छ’ उनले भने, ‘सामाजिक सञ्जालमा आएका भ्रमको पछि नपर्न आग्रह गर्दछु ।’ 

त्यःतै राजीनामा दिनेहरूमा पनि पेन्सन पकाएकाहरू धेरै छन् । पेन्सनरहरूको माग स्वदेश तथा विदेशमा बढ्दै गएपछि राजीनामा दिनेहरूको सङ्ख्या बढेको हुनसक्ने भनाइ उनको छ । विदेशमा ‘सेक्युरेटी गार्ड’ तथा बैङ्क तथा वित्तीय संस्था, नगर, गाउँपालिकालगायत कार्यालयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका पेन्सनर भूपू प्रहरी कर्मचारीको माग हुने गरेको छ । 

सशस्त्र प्रहरी बलमा करिब ३७ हजार जनशक्ति रहेको छ । पेन्सन पकाएर राजीनामा जानेहरूमा आर्थिक वर्ष २०७४/२०७५ सालमा ४८७ भन्दा बढी छ । सशस्त्र प्रहरी बलमा पनि उमेरहद र सेवाअवधिको भन्दा पेन्सन पकाएर तथा राजीनामा जानेहरुको सङ्ख्या बढी देखिन्छ । 

सुरक्षा सङ्गठनभित्र चर्को विभेद, गुटबन्दी, चाकरी, घुसखोरी, नातावाद, असन्तुष्टि र विभेद हुने गरेका कारण पनि तल्लो तहका कर्मचारी राजीनामा जाने गरेको भनाइ पूर्वप्रहरी अधिकारीहरुको छ । ३३ किलो सुन काण्डले झनै लज्जित बनायो पूर्वप्रहरी निरीक्षक जगनाथ रिमालले भन्नुभयो,‘प्रहरी हुँ भनेर शीर ठाडो पारेर हिँड्न पनि समस्या छ ।’ 

प्रहरी प्रधान कार्यालयका अनुसार, मुलुकका ३० वटा गाउँपालिका र नगरपालिकामा प्रहरी कार्यालय स्थापना हुन सकेको छैन । देशभर प्रहरीको माग बढेपछि सरकारले जवानदेखि एसएसपीसम्म करिब तीनहजार नयाँ दरवन्दी पनि थप गरेको छ । (गोरखापत्रमा देवबहादुर कुँवरको रिपोर्ट)
 

 धामीले दिएको सल्लाहले रोकिएन सम्बन्ध बिच्छेद  

सल्यान, २९ असार । पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् ।  जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा

अविरल वर्षातले भक्तपुर र थिमि डुबानमा

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।  हनुमन्ते खोलामा आएको बाढीका

 टिपर दुर्घटनामा ज्यानगुमाएका आमाबाबुको किरिया गर्दै १२ वर्षीय बालक 

पोखरा, २६ असार । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”  मुस्ताङको लो घेकर

  पशुपतिमा मारिएका बालबच्चाको भोटो हेर्ने कसले ?

काठमाडौं, २५ असार । जावलाखेलमा देखाइने भोटो त सबैले हेर्छन् तर पशुपति भुवनेश्वरीमा देखाइने यस्तै महत्वको भोटो हेरिदिने कसले ? शूलजात्राका क्रममा