डेभिड बेकह्यामले बाजी जितेपछि..


काठमाडौं, २४ असार । विश्वकपको खेलहरु चलिरहँदा समर्थकहरु बिच कसले जित्ने भन्ने विवादले बाजीको स्वरुप लिनु स्वभाविक भएपनि अन्तर्राष्ट्रिय स्तरमा कहिलिएका खेलाडिहरुले पनि कहिले काहिं यस्तै बाजी राख्ने गरेका छन् ।

इंग्ल्याण्ड राष्ट्रिय टिमका पूर्व फुटबल खेलाडि डेभिड बेकह्याम र स्वीडेन राष्ट्रिय टिमका पूर्व फुटबल खेलाडी जलाटान इब्राहिमोभिचले क्वार्टरफाइनल खेलको अनुमान गर्दै बाजी राखेका थिए । जलाटानको योजना अनुसार प्रस्ताव गरिएको यो बाजी आर्थिक कारोबारको भने होइन ।

जलाटानले ट्वीट गर्दै, इंग्ल्याण्ड र स्वीडेन बिचको खेलमा इंग्ल्याण्ड विजयी भएको खण्डमा बेकह्यामको छनौट अनुसार संसारको जुनसुकै स्थानमा खाना ख्वाउने बताएका थिए । तर स्वीडेनले जितेको खण्डमा बेकह्यामसँग स्वीडेनको फर्निचर रिटेल कम्पनी इकेयाबाट कुनै एउटा सामान लिन पाउनु पर्ने शर्त जलाटानले राखेका थिए ।

जलाटानको उक्त प्रस्तावमा बेकह्यामले रिप्लाई गर्दै, स्वीडेनले उक्त खेल जितेको खण्डमा आफैले इकेयाबाट उनलाई चाहिएको सामान खरिद गर्ने बताएका थिए । तथापी इंग्ल्याण्डले जितेको खण्डमा बेकह्यामको छनौटको जर्सी लगाएर सेमिफाइनल खेल हेर्नुपर्ने तथा हाफ टाइममा माछा र चिप्स खानु पर्ने शर्त राखेका थिए ।  

हिजो रातिको खेलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० को गोल अन्तरले हराइ सेमिफाइनल प्रवेश गरेको छ ।  

उक्त खेलको समाप्तीपछि जलाटानले क्वार्टरफाइनल पुगेको स्वीडेन फुटबल टिमको प्रशंसा गरेका छन् भने बाजी बारे हालसम्म मौन रहेका छन् ।

 

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ

एमसीसी र नेदरल्याण्ड्ससँग खेल्न १५ क्रिकेटर छनौट

काठमाडौं, १ साउन । साउन १३ देखि सुरु हुने टि–२० तथा एकदिवसिय सिरिजको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडि छनौट गरिएको छ । नेपालले टि–२०

 विश्वकप विजेता फ्रान्सलाई स्वदेशमा भव्य स्वागतको तयारी

मस्को, ३२ असार । रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।  फूटबल

नेपाली खेलाडी टोली थाइल्यान्डमा 

काठमाडौँ, ३२ असार । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान