जिउँदै ‘जलाइएकी’ युवतीको मृत्यु

गत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो ।

असार ९ गते राति ३ बजेतिर उनीमाथि आगो लागेको थियो । अनुहारभन्दा तल कम्मरभन्दा माथि जलिरहेको समयमा चिच्याउँदै धारामा पानी खन्याउन पुगेकी उनी सख्त घाइते भएकी थिइन् । उनको स्तनसहित पेट, छाती र पाखुरा जलेका थिए ।

अर्धचेत अवस्थामा रहेकी उनलाई छिमेकीको सहयोगमा लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि ल्याएको थियो । अस्पतलले उपचार गर्न नसकिने भन्दै पाल्पा मिसनमा रिफर ग¥यो । मिसनले दुई दिनपछि काठमाडौं रिफर गरेएकी समीक्षाको कीर्तिपुर अस्पतालमा २० गते मृत्यु भएको थियो ।

परिवारका अन्य सदस्यले कोठामा आगो लागेर उनी जलेको बताउँदै आएका छन् । तर घाइते समीक्षाले सानीआमासँग हजुरआमाले मट्टितेल खन्याएको बताइएको दाबी गरिएको छ । घटनाको प्रकृतिले समेत आगो लगाइएको संकेत गरेको प्रहरीको भनाइ छ । अन्नपूर्ण पोस्टबाट ।

राजदूत बन्न यस्तो योग्यता चाहिने

सरकारले स्नातक उतीर्ण तथा विदेशी राष्ट्रको कुटनीतिक लाभको पदमा नियुक्ति नपाएको व्यक्ति राजदूतका लागि योग्य हुने मापदण्ड तय गरेको छ । पहुँचवालालाई

सुन तस्करी काण्डमा गोरेका भाइ दुबईमा पक्राउ

सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन् । उनी दुबईबाट पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को

विदेशमा पढेका ८८% डाक्टर फेल

नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने

सुन काण्डका आरोपी गोरेले मागे सेनाको सुरक्षा, प्रहरीमाथि अविश्वास

साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै