तीसजनाको आँखाको नानी प्रत्यारोपण

चितवन, १८ असार । भरतपुर आँखा अस्पतालले ३० जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ । 

गत वर्षबाट अस्पतालले तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर प्रत्यारोपण गर्न शुरु गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार यस अवधिमा १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको छ । 

अस्पतालले संकलन गरेको ६ जनाको आँखाको नानी झिकेर तिलगंगाको आँखा बैंकमा पठाएको मास्केले बताए । तिलगंगाले प्रशोधनको शुल्क छ हजार लिएर नानी पठाउने गर्छ । अस्पतालले आँखाको प्रकृतिअनुसार रु १० हजारदेखि रु ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण गर्दै आएको मास्केले बताए। 

अस्पतालले आँखाको नानी प्रत्यारोपणका लागि डा पुष्पा गिरी श्रेष्ठलाई भारतको तामिलनाडु अध्ययन गर्न पठाएको थियो । उनी फर्किएपछि गतवर्षदेखि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको हो । 

डा श्रेष्ठका अनुसार आँखाको नानीमा चोटपटक लागेर नदेख्ने भएको तर नसा एवं पर्दा ठीक भएका बिरामीको आँखा प्रत्यारोपण गर्न सकिन्छ । यससँगै लामो समयदेखि फुलो परेर आँखामा समस्या आएकाकोसमेत प्रत्यारोपण गरिँदै आएको छ । अस्पतालमा हाल चारजनाले आँखाको नानी प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् । तिलगंगामा दाताभन्दा प्रत्यारोपण गर्ने बढेपछि पालो कुर्नुपर्ने अवस्था छ । 

भरतपुर आँखा अस्पताल नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको हो । संघका कार्यबाहक अध्यक्ष कृष्णराज धरेलले आँखा दानका विषयमा जिल्ला तहमा पनि प्रचारप्रसारको काम भइरहेको बताए। आँखा दान पुण्य काम हो भन्ने जनमानसमा बुझाउन सकेमा प्रत्यारोपणका लागि पालो कुर्ने अवस्था नआउने उनी बताउँछन्। चितवन र छिमेकी जिल्लाका बासिन्दालाई सहज होस् भन्नका लागि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको र सफल हुँदैगएको उनले बताए। 

 लुम्बिनी अस्पतालमा ‘सिकलसेल एनिमिया’का बिरामी 

बुटवल, २९ असार । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ

आँप खाऔं स्तन क्यान्सरबाट बचौं

अहिले आँपको सिजन । बजारमा अरुबेला भन्दा केही सहज मूल्यमा फलफुलको राजा मानिने आँप किन्न पाइन्छ । आँपको सेवनबाट हामीले सोच्दै नसोचेको फाइदा पाउन सक्छौ

एकै पटक धेरै काम गर्दा दिमागले प्रोसेस गर्न सक्दैन

भागदौडपूर्ण जीवनमा हरेक मानिससँग समयको अभाव छ । समयको अभाव देखाउँदै मानिसले एक पटक धेरै काम गर्न खोज्छ । तर अध्ययनले यस्तो गर्नु नोक्सानीपूर्ण हुने

वर्षायाममा आइ ड्रपः खतरनाक हुनसक्छ

  वर्षाको समयमा आँखा सम्बन्धी विभिन्न किसिमका इन्फेक्सन ‘कन्जंटिभिटिज’को समस्या हुने गर्छन् । यस्तो समस्याबाट मुक्त हुन आइ ड्रप व्यापक प्रयोग