शंख बजाउनोस् मुटु रोगबाट बच्नोस्

हिन्दू धर्म परम्परामा अनेक किसिमका धार्मिक कार्यशैलीहरु पाईन्छन् । तिनको अनुयायीका जीवन शैलीमा गहिरो लगाव र महत्व जोडिएको पाईन्छ । यसका पछाडि वैज्ञानिक कारण पनि रहेको विज्ञहरुको विश्लेषण छ । कतिपय प्राचीन परम्पराहरु व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नमा निकै उपयोगी सिध्द भएको पाईन्छ ।

वैदिक सनातन संस्कृतिमा साँझ बिहान गरिने नित्य पूजा आराधनामा शंख बजाउने चलन रहिआएको छ । हिन्दू धर्ममा शंखको बहुआयामिक महत्व र स्थान रहेको धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको छ । पूजा कोठामा शंख राख्दा घरपरिवेशमा सकारात्मक उर्जा प्रशारित भैरहने मान्यता  छ ।

यता आयुर्वेदमा पनि शंख निकै लाभदायी रहेको उल्लेख छ । नियमित शंख बजाउनाले मूत्राशय, पेटको तल्लो भाग, छाति र गर्धनको मांसपेशीको अभ्यास हुनेहुनाले यसबाट शारीरिक लाभ समेत प्राप्त गर्न सकिने विज्ञहरुको निष्कर्ष रहेको पाईन्छ । नियमित शंख बजाउनाले अरु के कस्ता लाभ उठाउन सकिन्छ त, विभिन्न स्रोतबाट संकलित जानकारी अनुसार यस्ता रहेछन् लाभहरु: 

फोक्सो स्वस्थ्य राख्न उपयोगी

शंख बजाउँदा फोक्सोको राम्रो अभ्यास हुन्छ । यदि श्वासप्रश्वासका रोगीले नियमित रुपमा शंख बजाएभने यसको पूर्ण निर्मूृल हुन्छ । शंख बजाउनाले अनुहार, श्वासतन्त्र, श्रवण तन्त्र तथा फोक्सोको अभ्यास हुन्छ । स्मरणशक्ति पनि बढ्छ ।

छाला र हड्डीको उपचार

शंख बजाउनाले छालाका लागि पनि फाइदाजनक हुन्छ । रातको समयमा शंखमा पानी भरेर राख्ने र बिहान उठेर त्यो पानीले शरीरमा मसाज गर्ने हो भने छालासम्बन्धी रोग जस्तै, एलर्जी, सेतो दाग, विविरा आदि निको हुन्छ। शंखमा प्राकृतिक रुपमा क्याल्सियम, गन्धक, फस्फोरस भरपूरमात्रामा हुन्छ । यसका कारण शंखमा राखिएको पानीको सेवनले हड्डी पनि मजबूत हुन्छ । यो दाँतका लागि पनि लाभदायी हुन्छ। 

आँखाका लागि गुणकारी

सुख्खा हुने, सुन्निने, संक्रमणजस्ता आँखाको समस्याको समाधानका लागि पनि शंखको उपचारबाट ठीक हुन्छ । यस्ता समस्या हुनेबित्तिकै शंखमा राखिएको पानीलाई हातमा राखेर समस्या भएको आँखा डुबाउने हो भने समाधान हुन्छ र यसका अलावा आँखाको ज्योति बढाउन रातभर शंखमा राखिएको पानीमा उत्तिकै मात्रामा साधारण पानी मिसाउने र आँखा धुनुपर्छ। 

हृदयाघातको सम्भावना कम

शंखमा रातभर रााखिएको पानीमा गुलाब जल मिसाएर कपाल धुने हो भने प्राकृतिक रंग आउँछ । यो पानीले आँखीभौं, दा¥ही र जुँगा पनि धुन सकिन्छ । यसले रौंलाई नरम बनाउँछ । शंख बजाउनाले फोक्सोको प्रदूषित हावा बाहिर निस्कन्छ र शरीरले शक्ति प्राप्त गर्छ । प्रतिदिन यस्तो गर्नाले शरीर शक्तिशाली बन्छ र काम गर्ने उर्जा प्राप्त हुन्छ । यसका अलावा शंखको ध्वनी निरन्तर सुन्नु हृदयरोगीका लागि लाभदायी हुन्छ । यसको प्रभावले हृदयाघात हुने सम्भावना कम हुन्छ । 

मलद्वार र प्रोस्टेटका लागि फाइदाजनक

शंख बजाउँदा यसको सिधा असर मलद्वार र प्रोस्टेटमा पर्छ । मलद्वारको मांसपेशी मजबूत हुन्छ भने पायल्सलगायतका सानातिना रोग नजिकै पर्दैन । यस्तै यसको असर पुरुषको प्रोस्टेट क्षेत्रमा पर्छ । नियमित शंख बजाउनाले प्रोस्टेटसम्बन्धी रोग लाग्न पाउँदैंन।
 

 लुम्बिनी अस्पतालमा ‘सिकलसेल एनिमिया’का बिरामी 

बुटवल, २९ असार । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ

आँप खाऔं स्तन क्यान्सरबाट बचौं

अहिले आँपको सिजन । बजारमा अरुबेला भन्दा केही सहज मूल्यमा फलफुलको राजा मानिने आँप किन्न पाइन्छ । आँपको सेवनबाट हामीले सोच्दै नसोचेको फाइदा पाउन सक्छौ

एकै पटक धेरै काम गर्दा दिमागले प्रोसेस गर्न सक्दैन

भागदौडपूर्ण जीवनमा हरेक मानिससँग समयको अभाव छ । समयको अभाव देखाउँदै मानिसले एक पटक धेरै काम गर्न खोज्छ । तर अध्ययनले यस्तो गर्नु नोक्सानीपूर्ण हुने

वर्षायाममा आइ ड्रपः खतरनाक हुनसक्छ

  वर्षाको समयमा आँखा सम्बन्धी विभिन्न किसिमका इन्फेक्सन ‘कन्जंटिभिटिज’को समस्या हुने गर्छन् । यस्तो समस्याबाट मुक्त हुन आइ ड्रप व्यापक प्रयोग