गोलको बर्षात् भएको खेलमा बेल्जियम विजयी


काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार भएको पहिलो खेलमा बेल्जियमले ५–२ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको छ । रसियाको राजधानी मस्कोमा भएको समुह ‘जी’ को यो खेलबाट ३ अंक सहित कुल ६ अंक भएको बेल्जियम अर्को चरणमा पुगेको छ भने २ खेल हारेको ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको पाँचौ मिनेटमै बेल्जिमयले पाएको पेनाल्टीको अवसरलाई चेल्सीबाट खेल्ने बेल्जियमका एडन हाजार्डले गोल गर्दै खेलमा अग्रता लिन सफल भएको थियो ।

उक्त गोल पछि ट्युनिसिया पनि आक्रामक भइ खेलेपनि खेलको १६ औं मिनेटमा बेल्जियमका लागि रोमेलु लुकाकुले शानदार गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

ट्युनिसिया पनि पछि नपर्दै खेलको १८ औं मिनेटमा डाइलान बनको फ्रि किकमा गोल गर्दै खेलमा फर्किएको थियो ।

दुबै टोलीले टक्करको खेल खेल्दै पहिलो हाफ सकिनै लाग्दा रोमेलु लुकाकुले अर्को गोल थप्दै खेललाई ३–१ को स्थीतीमा पुराएपछि खेलमा मध्यान्तर भएको थियो । उक्त समय सम्म गोलमा बेल्जियम अगाडि भएपनि दुबै टोलीको बल पोसेसन लगभग बराबर नै थियो ।

त्यस्तैगरी दोश्रो हाफमा सुरुवातमै ट्युनिसियाले गोल गर्ने मौकाको सदुपयोग गर्न सकेको थिएन । यसको विपरित खेलको ५१ औं मिनेटमा बेल्जियमको लागि एडन हाजार्डले गोल गर्दै ४–१ को अग्रता दिलाए ।

सोही क्रममा खेलको ९० औं मिनेटमा बेल्जियमका मिची बात्सुयइले थप १ गोल गर्दै अग्रता अझै फराकिलो पारेका थिए ।

तथापी खेलमा खेल गएको समयलाई अतिरिक्त थप गरिएको समयमा ट्युनिसियाले थप १ गोल फर्काएको थियो । ट्युनिसियाको लागि वाहबी खाज्रीले सो गोल गरेपछि खेल अन्ततः ५–२ को स्कोरमा सकिएको थियो ।

आजको खेलमा दुबै पक्षले आक्रामक खेल खेलेको कारण यसरी गोलको वर्षा भएको र गोलमा पछि परेपनि आजको खेलमा ट्युनिसियाले राम्रो खेलेको थियो । तथापी बेल्जियमको स्तरको अगाडि ट्युनिसियाको मेहनतले तात्वीक अर्थ लिएन ।

यो सँगै बेल्जियमले खेलेको दुबै खेलमा ठुलो गोल अन्तरले जित दर्ता गर्न सफल भइ आगामी खेलको लागि अरु टोलीलाई दबाब सिर्जना गर्न सफल भएको छ ।

 

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित