जर्मनीको विश्वकप भविष्यको फैसला आज


काठमाडौं, ९ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार हुने तेश्रो खेलमा स्वीडेन र जर्मनी खेल्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुने समुह ‘एफ’ को यो खेल रसियाको सोची शहरमा हुँदैछ ।

विश्वका ३२ फुटबलका महारथी राष्ट्र भिड्ने विश्वकपमा कुनै टिमले पनि चिठ्ठाको रुपमा सफलता पाउनु असम्भव छ । विश्व विजेता जर्मनी समेत पहिलो खेलमा फितलो प्रदर्शनका कारण मेक्सिको विरुद्ध पराजित हुनु प¥यो । विश्व वरियतामा नम्बर १ हुँदैमा जित त्यसै हात लाग्दैन भन्ने भनाइको सटिक उदाहरण हो यो ।

पहिलो खेलमा पराजित भएको जर्मनीको अर्को चरणमा पुग्ने लक्ष्य साकार पार्ने हो भने आजको खेलमा जित एक मात्र विकल्प हो । तथापी पहिलो खेलमा जितेर उच्च मनोबर भएको स्वीडेनलाई हराउन जर्मनीलाई सजिलो भने हुने छैन । यो खेलले जर्मनीको विश्वकप भविष्यको पनि फैसला गर्नेछ ।

आजको खेलमा स्वीडेन विजयी भएमा स्वीडेनको नकआउट चरण पुग्ने लक्ष्य पुरा मात्र हुँदैन, विश्वविजेता जर्मनी समुह चरणबाटै बाहिरिने पक्का पनि हुन्छ । सोही कारण पनि आजको खेलमा बढि दबाब जर्मनी टोलीलाई छ र स्वीडेनले कम दबाबमा खेल्ने अवसर पनि पाएको छ ।

पहिलो खेलमा पराजित भएसँगै आलोचित भएको जर्मनी टोलीका प्रशिक्षक जोआखिम लु ले आजको खेलमा ठुलो परिवर्तन गर्ने सम्भावना नभएपनि सामान्य परिवर्तन देखिन सकिन्छ । सुरुको खेलमा गल्ती भएको स्वीकारेका जर्मनी खेलाडिहरु आजको खेलमा उक्त समस्या दोहोरिन नदिन दृढ छन् ।

अर्कोतर्फ रसिया आउँदा बाँकि दुई खेलमा जितको आशा राखेको स्वीडेनले जर्मनीसँग बढिमा बराबरी गर्ने उद्देश्य राखेपनि पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई हराएको कारण पनि आजको खेलमा स्वीडेन हौसिएको छ । कोरियालाई हराउँदै ३ अंक जोडिसकेकोले पनि अब एक खेलमा विजयी हुँदा नकआउट चरणको टिकट पाइने हुनाले स्वीडेनले यो खेलको महत्व बुझेको छ । सन् १९९० देखि समुह चरणमा अपराजित रहेको स्वीडेन सोही किर्तिमानको क्रमलाई निरन्तरता दिने मुडमा छ ।

यसअघि जर्मनी र स्वीडेन ३६ पटक भिडिसकेको छन् । जर्मनीले १५ पटक जित्दा स्वीडेनले पनि १२ पटक जितिसकेको छ । बाँकि खेल बराबरी भएको थियो । विश्वकपको खेलमा भने जर्मनी ३ पटक विजयी भएको छ भने स्वीडेन हाल सम्म एक पटक मात्र विजयी भएको छ ।

 

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित