स्वस्थ रहन डाक्टरका यस्ता टिप्स

आजकाल जीवनशैली निकै व्यस्त छ । मान्छेलाई कमै फुर्सद मिल्छ । रोजगारी, पैसा र करिअरको पछि भाग्दाभाग्दै धेरै मानिसलाई आफ्नै शरीरको ख्याल राख्ने फुर्सद छैन । एक हिसाबले जीवन यान्त्रिक बनेको छ ।

तर, रोजगारी र पैसाभन्दा ठूलो कुरा स्वास्थ्य नै हो । स्वास्थ्य नै ठीक छैन भने अरू कुरा ठीक भएर कुनै अर्थ नहुने डाक्टरहरू बताउँछन् । डा. सरोज ओझाका अनुसार स्वस्थ जीवन भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ हुन हो । स्वस्थ रहनका लागि यी कुरामा सम्झौता नगर्न चिकित्सकहरूले सुझाब दिएका छन् :

सन्तुलित आहार

सकेसम्म सन्तुलित आहार खानुपर्छ । चिल्लो, गुलियो र नुनिलो कम खानुपर्छ । पौष्टिक तत्वयुक्त, रेसादार खानेकुरा, फलफूल, हरियो तरकारी, सलाद, माछा, मासु, अन्डा नियमित रूपमा खार्नुपर्छ ।

नियमित व्यायाम

नियमित व्यायाम स्वस्थ जीवनका लागि अत्यावश्यक छ । व्यायामले पूरै शरीर चलायमान हुन्छ । सबै अंगमा ऊर्जा पुग्छ । हरेक दिन बिहान आधा घन्टा मर्निङवाक वा व्यायाम वा योग आफ्नो सुविधाअनुसार गर्नुपर्छ ।

पर्याप्त निद्रा

सही खानपान र नियमित व्यायामजत्तिकै महत्वपूर्ण अर्को पाटो हो पर्याप्त निद्रा । स्वस्थ्य रहन पर्याप्त सुत्नुपर्छ । राति सुतेजस्तो राम्रो अरू वेला सुतेको हुँदैन । न्यूनतम ७ देखि ८ घन्टासम्म सुत्नुपर्छ । ८ घन्टाको सुताइले १६ घन्टासम्म शरीर फुर्तिलो र स्वस्थ रहन्छ ।

धूमपान र मद्यपान त्याग

धूमपान र मद्यपानले स्वास्थ्यलाई फाइदा गर्दैन । बरु लामो समय धूमपान र मद्यपान गर्नाले मुटुरोग र फेक्सोको क्यान्सरसमेत गराउ“छ । तनाव भयो भनेर चुरोट र रक्सीको लतमा फस्नु राम्रो होइन । यसले कतिपय अवस्थामा पारिवारिक र सामाजिक समस्या पनि निम्त्याउने गर्छ ।

पर्याप्त पानी

स्वस्थ रहन पर्याप्त पानी पिउनुपर्छ । २४ घन्टामा कम्तीमा ३ लिटर पानी पिउनैपर्छ । गर्मीको समयमा पसिना जाने र डिहाइड्रट हुने भएकाले अझ धेरै पानी पिउनुपर्छ । पानी कम भए शरीरका क्लिनिकल चिजहरू असन्तुलित हुन्छन् । टाउको दुख्ने र रिँगटा लाग्ने समस्या हुन्छ ।

सकारात्मक सोच

स्वस्थ्य रहन मानसिक स्वास्थ्य पनि ठीक हुनुपर्छ । हिजोआज धेरै व्यक्ति विभिन्न तनाव बोकेर हिँड्छन् । स–साना कुराले पनि तनावमा आउँछन् । कुनै पनि कुरालाई नकारात्मक रूपमा लिनु तनाव निम्तिने कारण हो ।

डिप्रेसनमा जाने र आत्महत्या गर्नेसम्मको सोच आउन सक्छ । तनाव भयो भनेर श्रीमतीसँग झगडा गर्ने, बच्च पिट्ने गर्नुहुँदैन । हरेक कुरालाई सकारात्मक रूपमा लिँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

सामाजिक सक्रियता

सामाजिक स्वास्थ्य पनि स्वस्थ जीवनको महत्वपूर्ण पाटो हो । सामाजिक स्वास्थ्यका लागि सामाजिक कर्महरूमा सरिक हुनुपर्छ । पत्रपत्रिका र पुस्तक पढ्ने, समाचार हेर्ने, परिवारसँग बसेर घुम्ने तथा रमाइलो गर्ने, आफन्त र साथीभाइसँग भेटघाट गर्दा सामाजिक रूपमा स्वस्थ भइन्छ ।

आध्यात्मिक स्वास्थ्य

२४ घन्टामा एकपटक १०–१५ मिनट भगवान्को आराधना गर्नु, ध्यान गर्नु, प्रार्थना गर्नु, भजन सुन्नुपर्छ । यस्ता आध्यात्मिक कर्मले पनि स्वस्थ बनाउँछ । तनाव कम हुन्छ  ।  नयाँ पत्रिकाबाट ।

अनशनरत डा. केसीको मस्तिष्कमा समस्या!

जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न

कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच

परिवार नियोजनका साधन नै प्रयोग गर्दैनन् किशोरकिशोरी

परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ ।  जनचेतना कमी, गोपनीयता नहुने र

अब श्रीमती पिडित पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने

के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ?  यस्तो समस्या भएको भए