कहिल्यै गयल हुँदैनन् यी विद्यार्थी

अछाम , ३१ जेठ । अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन्। छात्रछात्रा सबै नियमित पढ्न आउँछन्। उनीहरू पढाइमा पनि उस्तै अब्बल छन्।

जिल्लाका अन्य ९६ विद्यालय र १ सय ७ बालविकास केन्द्रले पनि शिक्षामा राम्रो पहिचान बनाएका छन्। ‘पहिले त आधा दिनमै विद्यालय खाली हुन्थ्यो,’ कालिकाका प्रधानाध्यापक काशीराम रावलले भने, ‘खास त आउँदै आउथेनन् आए पनि आधा दिनमै गैहाल्थे। तर अचेल त्यस्तो छैन। सबै विद्यार्थी नियमित हाजिर हुन्छन्।’

व्यवस्थित कक्षा कोठा, बालमैत्री धारा, पर्याप्त खेल सामग्री, सेनिटरी प्याड र खेल्दै सिक्ने विधिका कारण नियमित पढ्न आउने विद्यार्थीको संख्या बढेको उनले बताए। विन्देवासिनी मावि दर्ना, शान्ति मावि मार्कु, पञ्चकोटी आधारभूत विद्यालय दुनि र मष्टामाडौं आधारभूत विद्यालय मलातीकोटसहित सबै ९६ विद्यालयका विद्यार्थीहरू कहिल्यै गयल हँुदैनन्। ‘व्यवस्थापन ठूलो कुरा हो, ’सरिता मावि शान्तडाका शिक्षक रतन भण्डारी भन्छन्, ‘विकटका विद्यालयप्रति राज्यको व्यवहार फेरिएको छ।

गैरसरकारी संस्थाहरूको हेराइ पनि ठीक छ। उहाँहरूकै सहयोगले हामी व्यवस्थित छौं।’ विगतमा छात्राहरूको उपस्थिति न्यून देखिए पनि अभिभावक शिक्षा र सेनिटरी प्याडको व्यवस्थापछि उनीहरू फेरि पढ्न आएको उनले बताए। ६८ परिवारको बसोबास रहेको बान्नीगडी जयगढ गाउँपालिका–५ लिडीस्थित कालिका प्राविजस्तै अन्य ९६ विद्यालय र १ सय ७ वटै बालविकास केन्द्रमा हेर्दै ‘चिल्ड्रेन’ पार्कजस्तो देखिने रमाइलो वातावरण र रंगीचंगी कक्षाकोठाले विद्यार्थीहरू थप आकर्षण बढेको जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले बताए।

‘केटाकेटी नियमित हुने दर बढेको छ,’ उनले भने, ‘भर्ना भएजति कोही विद्यालयबाहिर छैनन्। यसमा अभिभावक पनि निकै सचेत छन्।’ कालागाउँ, मलातीकोट, चाफामाडांै, सुतार, बाटुलासैन, दर्ना, कालिका, दुनि, पायल, लुग्रा, पातलकोट, मार्कुलगायत साबिक १६ वटै गाविसका विद्यालयहरूमा छात्रछात्रा नियमित पढ्न आउने संख्या ह्वातै बढेको छ। सेभ द चिल्ड्रेन र वाक नेपालको सहयोग पछि यस्तो परिवर्तन भएको हो। कक्षा १ को औसत ५१ प्रतिशत उपस्थिति कक्षा ९ र १० मा पुग्दा ८० प्रतिशत नाघेको जिल्ला शिक्षा अधिकारी विष्टले बताए। राजधानी दैनिकमा ध्रुव बिसीको रिपोर्ट ।

स्कुल जान नपाएका २० प्रतिशत बालश्रमिक वे–वास्ताको शिकार

गुलरिया, बर्दिया, ७ साउन । बारबर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत

 क्रिश्चियन कम्युनिटी स्कूल बस दुर्घटनामा ५८ विद्यार्थी घाइते

  भक्तपुर, ३ साउन ।  काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को

 खुला विश्वविद्यालयले कानुन र व्यवस्थापन पनि पढाउने

काठमाडौँ, ३१ असार । खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  विश्वविद्यालयप्रति

 \'ओलीको निर्देशनमा अपराधीलाईजस्तो मलाई छापामार शैलीमा समातियो\'  

काठमाडौं, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा